× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सन्दीप लामिछानेको बलिङ वरियता खस्किदै साथमा पारस खड्का ब्याटिङमा ७०औं स्थानमा ।

    ४ वर्ष पहिले

    लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरियता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२० बलिङ वरियतामा सन्दीप एक स्थान तल झरेका छन्। नयाँ वरियतामा सन्दीप ८०औं स्थानमा छन्। उनले कुल ३८९ रेटिङ अङ्क पाएका छन्। यस अघि आईसीसीले सार्वजनिक गरेको वरियतामा उनी ७९औं स्थानमा थिए।

    हाल ट्रिनिडाड एण्ड टोबागोबाट क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा सन्दीपले प्रतियोगिताको ११ खेलमा १२ विकेट लिएका छन्। 

    यस्तै विश्व बलिङ वरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा छन भने अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो र अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा छन्। 

    आईसीसीले जारी गरेको ब्याटिङ वरियतामा नेपालका पूर्वकप्तान पारस खड्का ७०औं स्थानमा छन्। उनको ४०० रेटिङ अङक छ। इंग्ल्यान्डका डाविड मालन टी २० ब्याटिङ वरियताको शीर्ष स्थानमा छन भने पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा छन्।    

    यस्तै टी २० वरियतामा नेपाल १५औं स्थानमा यथावत छ। यसअघि नेपाल विश्व बलिङ बरियतामा ११औं स्थानसम्म पुगिसकेको छ। शीर्ष वरियतामा भने अस्ट्रेलिया छ। वरियतामा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन्।