× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    कोरोनाभाइरस संक्रमितमा भारत विश्वमा नै पहिलो हुने सम्भावना

    ४ वर्ष पहिले

    अमेरिकापछि भारत विश्वमा नै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित भएको मुलुक बनेको छ । यसअघि दक्षिण अमेरिकी मुलुक ब्राजिल दोस्रो स्थानमा थियो ।
    भारत सरकारले कोरोनाभाइरस संक्रमण समुदायमा फैलन नदिन विभिन्न प्रतिबन्ध लागु गरेको थियो ।प्रतिबन्धले भारतिय अर्थतन्त्रमा नकारात्मक असर परेपछि अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै सबै प्रतिबन्ध खुलाउँदै गएकाले भारतमा कोरोनाको संक्रमण झन् बढ्दै गएको हो ।

    भारतमा सोमबार मात्रै ९० हजार ८ सय २ नया संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १३ पुगेको छ । त्यसैगरि मृतकको संख्यापनि ७१हजार ६ सय ४२ पुगेको छ ।
    अहिलेकै दरमा संक्रमण बढ्दै जाने हो भने भारतले अर्को महिना अमेरिकालाई पनि उछिन्न सक्ने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन् । अमेरिकामा अहिले ६४ लाख ८५ हजार ५ सय ३४ संक्रमित छन् ।